कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका केसी र देवकोटा विजयी

हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको आज विहान जारी अन्तिम परिणाम अनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली काँग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

केसीले छ हजार ७२२ मत ल्याउँदा कुँबरले पाँच हजार ९५९ मत प्राप्त गर्नुभयो । विसं २०७४ को निर्वाचनमा केसी निर्वतमान गाउँपालिका अध्यक्ष कुँवरसँग पराजित हुनुभएको थियो ।

उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी देवकोटाले छ हजार ६०८ मतसहित विजयी भएकी हुनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेम कुमारी गुरूङले छ हजार १४ मत प्राप्त गर्नुभयो ।

अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा नेकपा एमाले र २, ४, ५, ८ र १० मा नेपाली काँग्रेसले वडाध्यक्ष जितेको छ ।
कास्कीका पाँच स्थानीय तह मध्येमा हालसम्म तीन पालिकाको अन्तिम मत परिणाम आइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ ।

काँग्रेसले माछापुच्छ«ेको अध्यक्ष र उपाध्यक्ष सहित सात वडाध्यक्षमा विजयी भएको छ । पोखरा महानगरपालिका र मादी गाउँपालिकाको मतगणना जारी छ । मादीमा नेपाली काँग्रेस र पोखरामा गठबन्धनका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)ले अग्रता लिएको छ ।

Comments
Loading...