पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार सार्वजनिक विदा

हिमाली आवाज । पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भोली आइतबार सार्वजनिक विदा हुने भएको छ । यस निर्णयसँगै अस्पतालको आकस्मिक सेवा वाहेक ओ.पि.डी सेवा र अन्य सेवाहरु बन्द रहनेछन् ।

नेपाल सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी आइतबार सार्वजनिक विदा दिने निर्णय गरेकोमा अस्पतालले यही जेठ ८ गते आइतबारदेखि निर्णय कार्यान्वयन गर्ने भएको हो ।

तर सेवाग्राहीलाई पर्न सक्ने असरलाई मध्यनजर राख्दै अस्पतालले केही दिन भित्रै आइतवार र अन्य सार्वजनिक विदाका दिन समेत सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा (इ.एच.एस) सेवा सुरु गर्ने तयारी गरेको छ ।
इ.एच.एस सेवा सुरु भएपछी आइतबारका अतिरिक्त अन्य सार्वजनिक विदाका दिनमा समेत छुट्टै व्यवस्था गरी सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । आइतबार विदा दिने निर्णय नेपाल सरकारका अन्य निकायहरुले भने यस अघिनै कार्यान्वयनमा ल्याइसकेका छन् ।

Comments
Loading...