पोखरा महानगरपालिका वडा नं ११ मा कांग्रेसको प्यानलनै बिजयी

हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन –२०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको प्यानलनै बिजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य एक हजार ९६० मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मीनबहादुर गुुरुङले एक हजार ७१० मत ल्याउनुभयो ।

यसैगरी महिला सदस्यमा कांग्रेस उम्मेदवार रन सुबा गुरुङ, दलित महिला सदस्यमा टुकुरादेवी परियार र खुल्ला सदस्यतर्फ विष्णुप्रसाद घिमिरे र सुशील बास्तोला निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Comments
Loading...