पाँचदलीय गठबन्धनलाई हराउँदै पोखराको उपप्रमुखमा मञ्जुको दोस्रो जित

हिमाली आवाज । पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा(एमाले)का मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै गुरुङ दोस्रो कार्यकालका लागि उपप्रमुखमा विजयी हुनुभयो ।

गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो । विसं २०७४ को पहिलो निर्वाचनमा गुरुङले काँग्रेसका सरस्वती गुरुङलाई पराजित गरेर उपप्रमुख निर्वाचित हुनुभएको थियो ।

यसैगरी उपप्रमुखमा राप्रपाका रञ्जना कुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशिल साझाका माधव भण्डारीले २६४ र आमुल परिर्वतन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ जना उम्मेदवार हुनुहुन्थ्यो ।

Comments
Loading...