महानगर प्रमुखको पहिलो निर्णय : पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अनुरोध गर्ने

हिमाली आवाज । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले पदवहाली गर्दैै तीन वटा निर्णय गर्नुभएको छ ।
विश्वकै चिरपरिचित सुन्दर नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद् समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय रहेको छ ।

पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“संघीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ साथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।”
यस विषयमा पटक ÷पटक चर्चा र प्रविद्धता सङ्घीय सरकारका मन्त्रीहरुबाट भएपनि कार्यान्वयनमा नगएकाले विधिपूर्वक निर्णय गरेर पठाएको आचार्यले बताउनुभयो ।यसैगरी प्रमुख आचार्यले विपन्न परिवारका बच्चाहरुका लागि पोषण भत्ता उपलव्ध गराउने निर्णय गर्नुभएको छ । वडा कार्यालयहरुबाट प्राप्त भएको सिफारिसका आधार गरीब र विपन्न परिवारका बच्चाहरुका लागि सो रकम उपलव्ध गराइने निर्णय छ ।

यसैगरी प्रमुख जिसीले पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडी सहितको डिजाइन बनाई पेश गर्ने सम्बन्धी प्रस्ताव आह्वान गर्ने निर्णय गर्नुभएको छ ।

विश्वका अधिकाँस शहरहरुमा आफ्नो अपनत्व महसुस हुने प्रतीक रहेकाले सोही अनुसार पोखरा चिनाउने प्रतीक बनाउनका लागि देशभरिका सिर्जनात्मक क्षमता भएका युवाका लागि प्रस्ताव आह्वान गरेर एक महिनाभित्र खरिद प्रक्रिया अघि बढाइने प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रतिस्पर्धाबाट प्रतीक छनोट गरी विजेता हुनेहरुलाई रु दुई लाख पुरस्कार प्रदान गरिनेछ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदबहालीसँगै महानगरका अपाङ्ग बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।यसैगरी महिला हिंसा विरुद्ध पुरुषको एक्वेवद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय उहाँले गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरको अन्तिम मत परिणाम बुधबार सार्वजनिक भएपछि निर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ लिएर पदवहाली गर्नुभयो ।

Comments
Loading...