वडाध्यक्ष तिमिल्सिनाको पहिलो निर्णय:स्वास्थ्य संस्थामा प्रसुती गराउनेलाई एक हजार पोषण रकम,एम्बुलेन्स निःशुल्क

हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नं १६ को वडाध्यक्षमा निर्वाचित हुनुभएका अमृत शर्मा तिमिल्सिनाले बिहीबार पदबहाली गर्नुभएको छ । उहाँले वडाका १०४ वर्षीया वृद्धा फत्यकुमारी केसीको हातबाट आर्शिवाद लिएर आफ्नो जिम्मेवारी सम्हाल्नुभयो ।

पदबहालीसँगै वडाध्यक्ष तिमिल्सिनाले तीन वटा निर्णय गर्नुभएको छ । उहाँले वडाभित्र रहेका स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य चौकी अर्मला र मातृशिशु मितेरी अस्पतालमा गई अस्पतालमा गई प्रसुती गराउने वडाका स्थायी बासिन्दा महिलाहरुलाई पोषण खर्च बापत रु एक हजार उपलव्ध गराउने निर्णय गर्नुभएको छ । त्यसैगरी स्वास्थ्य चौकी र अस्पताल आउँदा लागेको एम्बुलेन्स खर्चको रकम समेत वडा कार्यालयबाट उपलव्ध गराइने वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

त्यसैगरी पदबहालीका क्रममा तिमिल्सिनाले विसं २०७४ मा निर्वाचित भई कार्यकाल पूरा गरेर जानु भएका वडाध्यक्ष र सदस्यहरुलाई सफलतापूर्वक कार्यकाल पूरा गरेकामा धन्यवाद व्यक्त गर्नुभएको छ । वैशाख ३० गतेको निर्वाचनमा सहयोग गर्ने सवै मतदाता लगायतलाई धन्यवाद समेत व्यक्त गरिएको छ ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा तिमिल्सिना नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको हो । वडाका अन्य सदस्य पदमा भने एमाले उम्मेदवारहरु विजयी हुनुभयो ।

Comments
Loading...