हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

विहान ९ः५५ बजे १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जना सवार सो विमान पोखराबाट उडेकामा १०ः१५मा अवतरण हुनुपर्नेमा सम्पर्कमा नआएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो ।
सो विमान मुस्ताङको लेतेमाथिको पहाडमा दुर्घटनामा परेको अनुमान गरिएको छ । विमानको खोजीका लागि हेलिकप्टर परिचालन गरिएकोे पोखरा विमानस्थलले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।