हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेर सम्पर्क विहनी भएको तारा एयरको विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको खुलेको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमतर्फ उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो । विमानमा १६ नेपाली र ६ विदेशी नागरिक छन् । विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार हुनुहुन्थ्यो ।
यसैगरी विमान प्याप्टेन प्रभाकर घिमिरेले उडाउनुभएको थियो भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा हुनुहुन्थ्यो । सम्पर्कविहीन भएको विमानको खोजीका लागि हेलिकप्टर परिचालन गरिएपनि फेला पर्न सकेको छैन । विमान मुस्ताङको लेते माथिको पहाडमा दुर्घटनामा परेको अनुमान छ ।