सम्पर्कविहीन जहाजको खोजीमा पोखराबाट उड्यो सेनाको हेलिकप्टर

हिमाली आवाज । पोखरादेखी मुस्ताङको जोमसोम उडानका क्रममा आज विहानदेखी सम्पर्कविहीन तारा एयरको विमानको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर सम्भावित दुर्घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

काठमाडौँबाट खोजीका लागि आएको सेनाको हेलिकप्टर पोखरामा उद्धारकर्ता र उद्धारका आवश्यक सामग्री लिएर दिउसो १ः३० बजे पोखरा विमानस्थलबाट उडेको हो ।

यसअघि मुस्ताङबाटपनि विमानको खोजीमा हेलिकप्टर परिचालन गरिएपनि मौसमको खराबीका कारण खोजीमा समस्या भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताउनुभयो ।

पोखराबाट विहान ९ः५५ बजे जोमसोमका लागि उडान भरेको तारा एयरको ‘ट्वीन अटर ९ एनएईटी’ विमान जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएपछि त्यसपछि बेपत्ता भएको थियो ।

सो विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको पोखरा विमानस्थलले जनाएको छ । बेपत्ता विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाउनुभएको बताइन्छ ।

Comments
Loading...