मुस्ताङ तारा एअर दुर्घटना : १४ जनाको शव भेटियो,खोजी जारी

काठमाडौं । दुर्घटनाग्रस्त तारा एअरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन बाँकी छ । अरुको खोजी भइरहेको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो । टुक्रा टुक्रा भएको अवस्थामा भेटिएको विमानमा सवार सबैको मृत्यु भएको छ ।

Comments
Loading...