होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा शन्त कुमार निर्वाचित

गणेश पहारी । हिमाली आवाज । होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा पुन : शन्त कुमार महतो सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा शनिबार भएको समाजको २४ औ साधारण सभा तथा १२ औ अधिवेशनले आगामि २ बर्ष को लागि महतोको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा तिमिल्सिना र द्धितीय उपाध्यक्षमा जिबराज उपाध्याय चयन हुनुभयो । यसैगरी महासचिवमा माधब लम्साल, सचिब सन्तोष देवकोटा, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने र सहकोषाअध्यमा दिपेन्द्र अर्याल चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा केशव नेपाली, शभ्भु प्रसाद पौडेल, खेमानन्द अर्याल, शिब प्रसाद अधिकारी, निरज अधिकारी, प्रबिन बि.क र बिकास दाहाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अधिबेशनको उद्घाटन गदै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तथा समाजका सल्लाहकार लक्ष्मण सुबेदीले पोखरालाई प्रर्यटनको राजधानी घोषण गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

होटल प्रतिधिनिहरु प्रत्यक्षरुपमा पर्यटकका दुत भएकाले पोखरालाई कस्तो पर्यटकीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिहरुको महत्वपूर्ण भुमिका हुने हुदा होटल संघ यहाँहरु सगँसगै हातेमालो गर्दै अघि बढ्ने सुनाउनुभयो ।

संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगर पालिका वडा न ६ का वडा सदस्य दिपेन्द्र पहारीले होटल प्रतिनिधिहरु पर्यटकका राजदुत भएकाले पोखराको बारेमा पर्यटकलाई सकारात्मक सन्देश दिन आग्रह गर्नुभयो ।

उहाँले पोखरा महानगर पालिका प्रतिनिधि समाज सँग सहकार्य गरि अघि बढ्ने विश्वास दिलाउनुभयो । उद्घाटन सत्रमा अध्यक्ष शन्त कुमार महतोको सभा अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष राजकुमार गुरुङ, महासचिब माधब लम्साल, सल्लाहकार रामचन्द्र आर्चाय, कोषाअध्यक्ष पुरुषोत्तम न्यौपाने र कार्यक्रम संयोजक सन्तोष काफ्ले लगाएतका वक्ताहरुले आफ्नो भनाई राख्नुभयो ।

महासचिब माधब लम्सालले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष पुरुषोतम न्यौपाने प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पास गरेको थियो ।

Comments
Loading...