एकीकृत सरकारी कर्मचारी संगठन पोखराको अध्यक्षमा पोखरेल

हिमाली आवाज । पेशागत महासंघ नेपाल, कास्कीको जिल्ला स्तरिय भेला तथा एकीकृत सरकारी कर्मचारी संगठन नेपालको पोखरा महानगर कमिटी घोषणा गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभाका पुर्व सांसद तथा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष उदया शर्माले राष्ट्रसेवक कर्मचारी तथा पेशा व्यवसायीहरुले पेशागत अनुशासन र मर्यदामा रहेर राष्ट्रको सेवा गर्नु पर्ने बताउनुभयो । उहाँले कर्मचारी तथा पेशाकर्मीहरु कार्यक्षेत्रमा खटिदा आई पर्न सक्ने हरेक समस्यमा पेशागत महासंघले सारथीको भुमिकामा सहयोग तथा समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेकपा(एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य चुणामणी जंगली, पोलिटव्युरो सदस्य श्रीनाथ वरालले मुलुकको हित र समृद्धिमा पेशाकर्मीहरुको उच्च भुमिका रहनेमा जोड दिदै, जनताको हितमा निस्वार्थ एवं निष्पक्ष भएर क्रियाशिल हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कर्मचारीहरु आफ्नो पेशाप्रति ईमानदार र कर्तव्यनिष्ठ हुन सकेमा कुनै पनि संस्थाले प्रगति गर्न समय नलाग्ने वताउनुभयो । कर्मचारीहरुको हितका निम्ति आफुले भुमिका खेल्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष डा टंक अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्यहरु चुडा बहादुर जिसी, दिनेश लम्साल, कास्की उपाध्यक्ष मोतीप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

भेलाले ईश्वरी प्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्सीय एकीकृत सरकारी कर्मचारी संगठन पोखरा महानगर कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रदिप क्षेत्री, डिल्लीराम गिरी सचिवमा धर्मराज चौलागाई र सत्यराज साँखी र झंकनाथ पौडेल कोषाध्यक्ष रहनुभएको छ ।

पेशागत महासंघ नेपाल, कास्की जिल्ला अध्यक्ष गुमान अर्यालको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत दधिराम पौडेल र संचालन सोमलाल तिवारीले गर्नुभएको थियो ।

Comments
Loading...