पोखरामा भूकम्पबाट घर भत्किदा एक जना घाईते

हिमाली आवाज । पोखरामा भूकम्पबाट घर भत्किदा एक जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका–२४ कास्कीकोट दोपरे बस्ने १५ वर्षीया करिस्मा सुवेदी हुनुहुन्छ ।

विहान अन्दाजी ३ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पबाट पोखरा महानगरपालिका–२४ कास्कीकोट दोपरे बस्ने वर्ष ३९ का पूर्ण हरी सुवेदीको ढुङ्गा माटोले बनेको ढुङ्गाले छाएको २ तले ३ कोठे घरमा भुकम्पको पराकम्पले धक्का दिएर उक्त घरको आटी भत्किन जाँदा सुबेदी सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाइते सुवेदीको पोखरामा उपचार भइरहेको छ ।

Comments
Loading...