हिमाली आवाज । पोखरामा २० वर्ष पुगेका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २० वर्ष पुगेका सार्वजनिक सवारी साधन संचालन नगर्न आग्रह गर्दै त्यस्ता सवारी सञ्चालनमा रहेको पाइएकामा जफत गरी कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

उत्पादनको मितिले २० वर्ष नाघेका सार्वजनिक सवारी साधनहरु जस्तै ट्याक्सी, भ्यान, जीप, पिकअप, बस ट्रक लगायतका सवारी साधनहरु सडकमा गुडिरहेको गुनासो कार्यालयमा आएकाले त्यस्ता सवारी सञ्चालन नगर्न निर्देशन दिइएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय प्रमुख डिल्लीराज रिजालले बताउनुभयो ।
यातायात कार्यालयले प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी र जिल्लाका कार्यालयहरुलाई पत्र मार्फत २० वर्ष नाघेका सार्वजनिक सवारी संचालनमा रहेको पाइएमा जफत गरी कारबाहीका लागि कार्यालयमा सिफारिस पठाइदिनु भनेर निर्देशन दिएको छ ।