हिमाली आवाज । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुनुहुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अग्रज खेलाडी भट्टराईलाई उहाँले नेपालको खेल क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
मञ्चको आयोजनामा यही असार १८ गते पोखरा सभागृहमा सञ्चालन हुने छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड –२०७८’ का अवसरमा भट्टराईलाई सो अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिनुभयो ।उहाँँका अनुसार भट्टराईलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’का साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने छ ।
अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा ‘सिल्भर मेडलिस्ट’ हुनुहुन्छ । उहाँ सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन हुनुभएको थियो ।
सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुभएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियनको उपाधि हासिल गर्नुभयो । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा स्वर्ण पदक जित्नुभयो ।

नेपालले सन् १९९८ मा काठमाडौँमा भएको सागमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उहाँ नेपाली टोलीको व्यवस्थापक हुनुहुन्थ्यो ।फुटबल खेलसँग समेत सङ्लग्न भट्टराई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को केन्द्रीय सदस्य हुँदै उपमहासचिव बन्नुभयो ।
यसअघि मञ्चले यहाँका अग्रज खेलाडीहरु प्राडा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई सो अवार्डबाट सम्मानित गरिसकेको छ ।
मञ्चले छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ । अर्वाड अन्र्तगत विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले खेल र खेलाडीलाई प्रोत्साहनका लागि विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।