वाइसियल कास्कीद्धारा फेवातालको मापदण्डका सम्वन्धमा सर्वोच्चको आदेशको स्वागत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन वाइसियल कास्कीले फेवातालको मापदण्ड नघटाउन सर्वोच्च अदालतले हिजो दिएको आदेशको स्वागत गरेको छ ।

वाइसियलका जिल्ला संयोजक एंगेल्स कार्कीले सर्वोच्चबाट तालको मापदण्ड ६५ मिटरवाट नघटाउन अन्तरिम आदेशको फैसला गर्न सम्पूर्ण पोखरेलीका लागि खुःशीको कुरा भएको बताउनुभयो । ‘ फैसलाको स्वागत गर्दै सर्वोच्चको गरिमा एबम आम कास्कीवासीको सम्मान गर्न पोखरा महानगरपालिकालाइ सचेत गराउन चाहन्छौँ ।’ कार्कीले भन्नुभयो ।

वाइसियलले प्राकृतिक सम्पदा पुस्तौ पुस्ताको लागि भएको कुरा सबैमा हेक्का रहनुपर्ने बताउँदै भूमाफियाको चंगुलमा नफस्न र गैर कानुनी संरचना तत्काल हटाउन वाइसियलले महानगरसँग माग गरेको छ ।

Comments
Loading...