माछापुच्छ्रेको घाचोकमा चक्लाबन्दी गरिएको जमिनमा रोपाई महोत्सव

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउपालिकाको वडा न ३ मा एक विशेष कार्यक्रमको आयोजना गरी आज १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ।

कृषि ज्ञान केन्द्र कास्की र घाचोकको भुमे सृजनशिल कृषक समूह र अन्नपूर्ण प्राङ्गारिक कृषि महिला महिला समूहको आयोजनामा रोपाइ महोत्सबको आयोजना गरी धान दिवस मनाइएको हो ।घाचोकको भलाबोट स्थित तल्लाखेतमा चक्लाबन्दी गरिएको जमिनमा रोपाई महोत्सव गरिएको हो ।

कार्यक्रमको जिल्ला समन्बय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपालको कुल ग्राहस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको धान बालीको प्रबर्द्धन गर्न ससक्त कदम चाल्नुपर्ने बताउनुभयो ।कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य , कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारी , माछापुच्छ्रे गाउपालिका वडा न ३ का अध्यक्ष हरिश्चन्द्र लम्साल , भुमी ब्यबस्था ,कृषि तथा सहकारी बिकास मन्त्रालय कृषि बिकास महाशाखा गण्डकीका प्रमुख बालकृष्ण अधिकारी , सोही मन्त्रालयका सचिब हरिबहादुर के सि, माछापुच्छ्रे गाउपालिका उपाध्यक्ष सीता अधिकारी लगायतले धान दिवसको महत्वका बारेमा भनाई राख्नुभयो ।

भुमे सृजनशिल कृषक समूहका अध्यक्ष रबिलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मिना पोख्रेलले गर्नुभयो ।

Comments
Loading...