देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशका केही स्थानमा आज (सोमबार) बदली रहने र हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखााका अनुसार हाल देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक​देखि सामान्य बदली रहनेछ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

Comments
Loading...