पोखरा सुनचांदी ब्यवसायी संघको अध्यक्षमा बुद्धाचार्य

हिमाली आवाज । पोखरा सुनचांदी ब्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित हुनुभएको छ । पोखरा सुनचांदी ब्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट बुद्धाचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन हुनुभयो । यसैगरी सदस्यहरुमा इश्व मान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन हुनुभयो ।

अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचांदी ब्यवशायीहरुले आफ्नो ब्यवशायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य , नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचादी व्यवशायीको हक हितको वारेमा आ आफ्नो धारणाा राख्नुभयो ।

दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मंण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु हुनुहुन्थ्यो । पोखरा सुनचांदी ब्यवशायी संघमा ४४ जना सदस्यहरु रहेका छन् ।

Comments
Loading...