माछापुच्छ्रे गाउँपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

हिमाली आवाज । कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि माछापुच्छ«े गाउँपालिकाले जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र एक कास्य पदक सहित माछापुच्छ«ले उपाधि उचालेको हो ।
प्रतियोगितामा पोखरा महानगर पालिका १४ स्वर्ण र ११ रजत सहित उपविजेता बन्दा अन्नपूर्ण गाउँपलिका एक स्वर्ण र दुई कास्य सहित तृतीय स्थान हासिल गर्न सफल भयो ।

प्रतियोगितामा छात्र भलिबलतर्फ अन्नपूर्णले स्वर्ण जित्दा पोखरा महानगरले रजत र माछापुच्छ«ेले कास्य पदक जितेको छ भने छात्रातर्फको भलिबलमा पोखरा महानगरले स्वर्ण, माछापुच्छ्रेले रजत र अन्नपूर्णले कास्य पदक हात पारेको छ ।

यसैगरी कबड्डीमा छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ«े गाउँपालिकाले रजत जितेको छ भने छात्रा कबबडीमा माछापुच्छ«ले स्वर्ण र पोखरा महानगरले रजत पदक जितेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।

एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ«ेले स्वर्ण १४, कास्य १२, पोखरा महानगरले १२ स्वर्ण र रजत नौ वटा पदक जित्न सफल भए भने अन्नपूर्णले समग्रमा चार कास्य पदक जितेका छन् । एथलेटिक्स खेलमा १३ वटा इभेन्टहरु सम्पन्न भएको निर्णायक श्याम बहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसी, क्षेत्रीय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

जिल्लास्तरीय प्रतियोगिताबाट राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उशु र कराते गरी छ खेलहरु आयोजना भएका थिए ।

Comments
Loading...