कास्कीमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जना मृत फेला

हिमाली आवाज । कास्कीमा रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरीको जंगलमा एउटै रुखमा झुण्डिएको अवस्थामा युवा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथमा रहेको कागजातका आधारमा मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–१ का ३२ वर्षीय दिवाकर थापा र २८ वर्षीया सुदिना कर्माचार्य रहेको खुलेको कास्की प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीयले सोमबार उनीहरूलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Comments
Loading...