गण्डकी प्रदेशको बजेट बहुमतले पारित

हिमाली आवाज ।गण्डकी प्रदेश सरकारको बजेट पारित भएको छ । विहिबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित गरेको हो ।

अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले आर्थिक बर्ष २०७९÷०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गर्नुभएको हो  ।

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन गरिएको उक्त बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशको लागि आगामी आवको बजेटको स्रोत मध्ये रू ९ अर्व २३ करोड ९२ लाख राजश्वको बाँडफाँटबाट प्राप्त रकम र रू ५ अर्व ९ करोड १६ लाख आन्तरिक आय गरी कुल रू १४ अर्व ३३ करोड ८ लाख जम्मा आम्दानी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयगत रुपमा उठेका प्रश्नको जबाफ दिदै अर्थ मन्त्री बरालले प्रदेश गौरवका आयोजनाहरू, बहुवर्षीय स्रोत सुनिश्चित भएका आयोजनाहरूमा बजेटको अभाव हुन नदिन बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनामा विनियोजित रकम बहुबर्षीय स्रोत सुनिश्चितता भएका अन्य आयोजनामा बाहेक अन्यत्र रकमान्तर गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो ।  पर्यटन क्षेत्रलाई राजस्वको दायरामा समेटिने व्यवस्था गरिएको, ट्राफिक प्रहरीले उठाउने सबै किसिमका जरिवाना प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था गरिएको मन्त्री बरालले बताउनुभयो ।

त्यसै गरी सवारी साधन मर्मत गर्ने वर्कसप, कारखाना, सोरुम को अनिवार्य दर्ता व्यवस्था गरिएको छ भने दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट जडान गर्न आवश्यक व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र, मनासलु संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्षण, राष्ट्रिय निकुञ्जको मध्यवर्तीक्षेत्रबाट प्राप्त हुने आम्दानीलाई प्रदेश सञ्चित कोषमा आवद्ध गराउन आवश्यक व्यवस्था मिलाइने मन्त्री स्पष्ट पार्नुभयो । वार्षिक विकास कार्यक्रम पुस्तिकामा अत्यन्त न्युन रकम विनियोजन सम्बन्धमाः साना टुक्रे मसिना आयोजनाहरू कम्तिमा पनि १० लाख भन्दा कम बजेटका आयोजनाहरू नराखौं भनेर आफुले अडान राख्दा राख्दै केही साना तथा टुक्रे योजना समेटिएको मन्त्री बरालको भनाई छ ।

Comments
Loading...