हिमाली आवाज । रोटरी क्लब अफ पोखरा मिडटाउनले शारिरिक रुपमा हिडडुल गर्न नसक्ने १८ जना व्यक्तिलाई आज एक समारोहकाबीच ह्वील चियर वितरण गरेको छ ।
समुदायमा आधारित पुनस्थापना केन्द्र(सिविआरएस) को स्थानीय संयोजनमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले ती हवील चियर हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लबले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । समाजिक सेवाका क्षेत्रमा कृयाशिल संघसंस्थासँग सरकारले सहकार्य गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रविन्द्र वास्तोलाले शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई लक्षित गरी ह्वील चियर प्रदान गरिएको बताउँदै यसको राम्रो सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।रोटरी इन्दटरनेशनल डिष्ट्रकका पूर्व गभर्नर किरणलाल श्रेष्ठले रोटरीले ३५ हजार क्लब मार्फत २२० राष्ट्रमा सामाजिक सेवाका लागि क्रियायाशिल बनेको बताउनुभयो ।प्रदान गरिएका सहयोगको पूर्ण रुपमा सदुपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सिविआरयसका कार्यक्रम निर्देशक कृष्ण लामिछाने, रोटरी क्लब अफ पोखरा मिडटाउनका पूर्व अध्यक्ष सन्तोष पोखरेल, उपेन्द्र पौडेल, पुरन कुँवर लगायतले रोटरी सामाजिक क्षेत्रमा खेल्दै आएको भूमिकाको चर्चा गर्नुभयो ।

