सामुदायिक विकास केन्द्र नेपालको साधारण सभा

गणेश पहारी 

हिमाली आवाज । सामुदायिक बिकास केन्द्र, नेपालको १० औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

केन्द्रको साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल काग्रेसका केन्द्रिय सदस्य गुरु बरालले विकास केन्द्र अरु संघ संस्था भन्दा पृथक रहेको बताउनुभयो । संस्थाले समाजमा रहेका आवास विहिन को लागि आवास निर्माण गरि सहयोग गरेकोमा संस्था प्रति खुशि ब्यक्त गर्नुभयो । गास, बास र कपास नागरिकको नैसग्रिक अधिकार भएको बताउदै यस तर्फ राज्य ले ध्यान दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय भुमि आयोग कास्कीका प्रवक्ता आश बहादुर गुरुङले नेपाल सरकारले गर्नु पर्ने काम संस्थाले गरेकोमा संस्थाको प्रशंसा गर्र्दै सरकारको तर्फबाट बास्तबिक भुमि हिन सुकुमबासीहरुको लागत राख्ने काम भइरहेको जानकारी दिनुभयो । गुरुङले विकास केन्द्र सगँ हातेमालो गर्दै अगाडि बढ्न आफ् तयार रहेको बताउनुभयो ।

नेपाली काग्रेस कास्कीका महिला नेत्री सरस्वती गुरुङले बास्तबिक आवास विहिनहरुको लागि आवास बनाउने काममा संस्थाले सहयोग गर्नु पर्नेमा जोड दिदै समाजमा रहेका आवास विहिनहरुको पहिचान गरि निस्वार्थरुपमा लाग्न आयोजकलाई आग्रह गर्नुभयो ।

अध्यक्ष शिराज अधिकारीले समाजमा निम्न आए भएका आवास विहिन परिबारलाई घर मर्मत तथा निर्माणमा सहयोग गर्दै आएका बताउनुभयो । विना धितो, विना ब्याज संस्था मार्फत आफ्नो सम्पति बैङमा धितो राखि निस्वार्थ आवास विहिनको लागि घर बनाएको उहाँले सुनाउनुभयो ।
संस्थामा आवद्ध आवास विहिनहरुलाई स्वास्थ्थ सेवामा सहयोग पुर्याउने उदेश्यले निशुल्क स्वास्थ्थ विमा गरिएको सचिब गायत्रि फुवाँलले जानकारी दिनुभयो । केन्द्रलाई सहयोग गर्ने मानुभावहरुलाई सम्मान गरिएको थियो ।

शिबराज आभिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगिता पौडेल, सचिब गायत्रि फुवाँल, पोखरा महानगर पालिका वडा न १५ वडा सदस्य सेती माया गुरुङ, सल्लाहकार रामचन्द्र ढ्ङगाना , सदस्य गोर्कण तिवारी, कमला थापा, प्रेम प्रसाद बराल, लगाएतका बक्ताहरुले संस्थाले समाजमा पुर्याएको सहयोगको बारेमा चर्चा गर्नुभयो ।

 

Comments
Loading...