प्रदेश निजामती ऐन जारी गर्न माग गर्दै मुुख्यमन्त्री पोखरेललाई कर्मचारी युनियनको ज्ञापनपत्र

हिमाली आवाज । नेपाल निजामती कर्मचारी युनियनले गण्डकी प्रदेश सरकारले प्रदेश तथा पालिकाहरुलाई सम्बोधन हुने गरी प्रदेश निजामती सेवा ऐन जारी गर्न माग गरेको छ ।

युनियनले आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाउँदै निजामती सेवा ऐन जारी गर्न पहल गराउन आग्रह गरेको हो । युनियन संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको नेतृत्वमा गएको कर्मचारीहरुको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको थियो ।

देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय भएको ज्ञापनपत्रमा उल्लेख छ । देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने छाता कानूनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहँुदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको कर्मचारी युनियनको ठहर छ ।

सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको यस विषयमा राष्ट्रियस्तरका ट्रेड युनियनले नेपाल सरकार र प्रदेश सरकारसमक्ष पटक पटक ध्यानाकर्षण गराउदैँ आएपनि सुनुवाई नभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Comments
Loading...