राष्ट्रिय खेलकुदमा अग्रज खेलाडीको अनुभव र क्षमताको उपयोग गर्न काँग्रेस गण्डकीको आग्रह

हिमाली आवाज । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद सम्पन्न गर्न सबै प्रदेशवासी नागरिकको सहयोग र भूमिका अनिवार्य रहेको भन्दै आयोजकको ध्यानाकर्षण गराएको छ ।

सो पार्टीले आज विज्ञप्ति जारी गरी नवौँ राष्ट्यि खेलुदका लागि गठन हुने विभिन्न विषयगत समितिहरुमा सवै गण्डकी प्रदेशवासी नागरिक र यस संग सम्वन्धित सरोकारवाला सवै निकायको सहयोग र भूमिकालाई स्मरण गर्न आग्रह गरेको छ । खेलकुदको उर्वरभूमि गण्डकी प्रदेशमा आगामी २०७९ आश्विन २८ देखी कात्तिक ३ गते सम्म ३८ वर्ष पछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुन लागेकोमा नेपाली काँग्रेस गण्डकी प्रदेश स्वागत तथा पूर्ण सफलताको कामना सहित अत्यन्त खुशि व्यक्त गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेश मा रहेका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्राप्त गरेको ख्याति जस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताले पनि त्यही उचाई प्राप्त गर्न सक्नेछन भन्ने विश्वास काँग्रेसको छ ।

साथै नवौ राष्ट्रिय खेलकुद पोखरामा व्यवस्थित रुपमा संचालन गरी सम्पन्न गर्न नेपाली काँग्रेस गण्डकी प्रदेशको ध्यानाकर्षण र खेल सम्पन्न गर्नका लागी विभिन्न खेल संग सम्वन्धित यस क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त अग्रज खेलाडीहरु यो प्रदेशका पूँजी भएकाले उहाँहरुको अनुभव र क्षमताको अधिकतम उपयोग र भूमिका गण्डकी प्रदेश सरकारको अपन्वत्व, सहयोग र शुभेच्छा अनिवार्य रहेको प्रवक्ता माधव प्रसाद बास्तोला‘मधु’द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments
Loading...