पोखरामा बसको ठक्करबाट बृद्धाको मृत्यु

हिमाली आवाज । पोखरामा आज बसको ठक्करबाट एक जनाको मृत्युु भएको छ ।

पोखरा महानगरपालिका–८ सभागृहचोकमा पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले ठक्करबाट पैदलयात्री म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ सिखा घर भई हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसको ठक्करबाट गम्भीर घाइते तिलिजालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

Comments
Loading...