चितवनबाटै आगामी चुनाव लड्ने प्रचण्डको घोषणा

हिमाली आवाज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँबाट आगामी निर्वाचन लडनुहोला भनेर केही समयअघि देखी चर्चा छ । कतिपयले अध्यक्ष प्रचण्ड आफ्नो जन्मथलो कास्कीको क्षेत्र नं ३ बाट चुनाव लड्ने आकलन पनि नगरेका होइनन् । प्रचण्डलाई देशका विभिन्न क्षेत्रबाट उठ्नका लागि आग्रह हुँदै आएको छ ।

तर अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी बताउनुभएको छ । जापान भ्रमणमा रहनुभएक प्रचण्डले मंगलबार टोकियोमा रहेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा मंसिर ४ मा हुने निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने स्ष्ट पार्नुभयो ।

‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु । बरु तपाईंहरु जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला’, प्रचण्डको भनाइ छ । उहाँले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो ।

Comments
Loading...