पोखराको मेयरमा पराजित थापालाई एमाले कास्कीको इन्चार्जको जिम्मेवारी

हिमाली आवाज ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) कास्कीको जिल्ला इन्चार्जको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका कृष्ण थापाले पाउनुभएको छ ।

Batas Ads

पार्टीको आज बसेको सचिवालयको बैठकले थापालाई इन्चार्जको जिम्मेवारी दिएको हो । थापा यसअघि गत वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगर प्रमुखको प्रत्याशी हुनुहुन्थ्यो ।

थापालाई नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले पराजित गर्नुभएको थियो । एमालेले हालका इन्चार्ज भिम कार्कीलाई हटाएर थापालाई जिम्मेवारी दिने निर्णय गरेको हो । कार्कीले केन्द्रीय भुमि विभागको उपप्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

Comments
Loading...