हिमाली आवाज । पोखरा महानगरपालिकाले गुरुङ समुदायको ऐतिहासिक एवम् परम्परागत साँस्कृतिक पर्व ट्होटेंका अवसरमा यही साउन ३१ गते शैक्षिक संस्थामा स्थानीय बिदा दिएको छ ।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूचना जारी गरी महानगरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरीहरुमा बिदा दिइएको जनाएको छ ।
वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी सबै शैक्षिक संस्थाहरुलाई बिदा दिन भनिएको महानगर शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।