काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले संघीय संसद्का दुबै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयक संसदमै फिर्ता पठाउनु भएको हो ।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
संविधानको धारा ११३ को उपधारा ३ बमोजिम राष्ट्रपतिलाई विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेर संसदमै फिर्ता पठाउनु भएको प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा लेखिएको छ । अब संघीय संसद्का दुवै सदनले फेरि विधेयक पारित गरेर पठाए राष्ट्रपतिले अनिवार्य विधेयक प्रमाणीकरण गर्नैपर्छ ।