हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय जेष्ठ नागारिक मञ्च गठन गरिएको छ ।
पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरी पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो ।मञ्चको उपाध्यक्षमा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाध्यक्षमा गौमाया थापा मगर चयन हुनुभयो ।
त्यसैगरी सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी, बाटुली पहारी, टिकाराम परियार, जमुना देवी पहारी, गंगा वहादुर भुजेल, कृष्ण कडेल, चाउरे जलारी, कृष्ण बहादुर खडका, लक्ष्मी भुजेल, हरिकला पहारी, नन्द कुमारी श्रेष्ठ, शिबराज आर्चाय र उमा देवी तिमिल्सीना रहनुभएको छ ।

भेलाले वडा अध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा वडा सदस्यहरु बासु बाराल, दिपेन्द्र पहारी, पबित्रा थापा, शोभा जलारी र वडा सचिब कुलराज पौडेल सहित पत्रकार गणेश पहारी, प्रशुराम पहारी, होमनाथ पहारी, सुर्यनाथ पहारी र लक्षण थापा रहेको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्षा विष्णु बहादुर भट्टराईले ‘जेष्ठ नागरिकहरु देशकै गहनाका रुपमा रहेकाले उहीरुको मान सम्मान र हेरचाहमा सवै लाग्नु पर्ने बताउनुभयो । वडा कार्यलय बाट पाउँनु पर्ने सेवा सुविधाहरुलाई जेष्ठ नागरिकहरुको घर दैलोमा पुुर्याउँनेमा आफु कटिबद्ध रहको बताउदै शौचालय सहित बाटो र पुटपाथहरुलाई जेष्ठ नागरिक मैत्रि बनाउने योजना रहेको सुनाउनुभयो ।
वडा सचिव कुलराज पौडेलले वडामा रहेका जेष्ठ नागरिक, आपाङ्घ, आदिबासी जनजाति र दलित गरि करिब १ हजार जति सदस्यहरुले वडा बाट सेवा सुविधा पाएको जानकारी दिनुभयो ।
नव निर्वाचित अध्यक्ष गिरिराज अधिकारीले जेष्ठ नागरिकाहरुको हकहितका लागि आफु सदैब प्रयत्नशिल भई लागि रहने प्रतिवद्धता जनाउनुभयो ।
