पोउवा संघमा चुनावी सरगर्मी: प्रजापतिद्वारा प्यानलसहित उम्मेदवारी घोषणा

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनले उद्यागी व्यवसायीलाई तताएको छ । यही भदौ २४ र २५ गते संघको महाधिवेशनको मिति घोषणापछि उद्योगी व्यवसायीका नेता चुुनावी मैदानमा ओर्लिदै छन् ।

संघको आगामी नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजातिपतिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले प्यानलसहितनै उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको नेतृत्वका लागि यसअघिनै हालका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

प्रजापति प्यानलको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डित, वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उप–महासचिवमा शोभा गौतमले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सो प्यानलको अन्य सदस्य पदका उम्मेदवार केही दिनमै टुँगो लाग्ने बताइन्छ ।

उम्मेदवारी घोषणा गर्दै अध्इक्षका प्रत्याशी प्रजापतिले व्यावसायीक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो।

यसैगरी डाटा बैंक स्थापना तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना, रुग्ण उद्योगहरु र नोक्सानमा चलेका व्यवसायको पुनरुत्थानका लागि बैंक तथा घरबेटीसँग छलफल गरी सहजता प्रदान गर्ने, नया व्यवसाय सञ्चालन गर्नेलाई आवश्यक परामर्श र तथ्याङ्क उपलब्ध गराउने, नवप्रवर्तन र महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर त्यसका लागि आवश्यक प्रविधि, पुँजी र बजारीकरणमा सघाउने गरी व्यवसाय प्रवद्र्धन केन्द्र खोल्ने आफ्नो घोषणापत्र रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...