कुँबर ताल बाराही मन्दिरको ११ औँ पटक अध्यक्षमा निर्वाचित

गणेश पहारी

हिमाली आवाज। पोखरा महानगर पालिका वडा नं–६ बैदाममा अवस्थित ताल बाराही मन्दिरको गुठी व्यवस्थापन समितिको अध्यक्षमा हिक्मत बहादुर कुवँर निर्वाचित हुनुभएको छ ।

सोमबार भएको मन्दिरको २६ साधारण सभा तथा १३ अधिबेशनले कुवँर लाई एघारौ पटकका लागि पुन अध्यक्षमा सर्वम्मत चयन गरेको हो । १४ सदस्यीय समितिको कार्यकाल आगामि ३ बर्षका लागि रहने छ ।

समितिको महिला उपाध्यक्षमा जुना अधिकारी, पुरुष उपाध्यक्षमा प्रशुराम शर्मा पहारी सचिबमा धुव्र बराल, कोषाअध्यक्षमा निर्मल खत्री र सह–सचिब पुरुष महेश्वर पहारी र महिलामा मिना ढकाल चयन हुनुभएको निर्वाचन मण्डलका अध्यक्ष जगत बहादुर पहारीले जानकारी दिनुभयो ।
यसैगरी सदस्यहरुमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावति सापकोटा, पार्वती बोगटी, लक्ष्मी खाती र धन विक्रम ढकाल सर्वसम्मत चयन हुनुभयो ।

जगत बहादुर पहारी, चुडामणि पहारी, हरिकृष्ण पहारी, प्राध्यापक चन्द्रनाथ अधिकारी र निर्मल पहारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहण गराई निर्वाचन सम्पन्न गरेको थियो ।

राष्ट्रिय गुठी ब्यवस्थापन समितिको विधान अनुसार पोखरा महानगर पालिका वडा समितिको कार्यालय वडा नंं–६ र मालपोत कार्यालय कास्की पदेन सदस्य रहने गरि समाबेशि ब्यवस्थापन समिति बनाईएको उपाध्यक्ष शर्मा पहारीले जानकारी दिनुभयो ।

 

Comments
Loading...