कास्कीमा पार्किङ गरेकै स्थानमा मोटरसाईकलमा आगलागी

हिमाली आवाज । कास्कीमा पार्किङ गरेकै स्थलमा मोटरसाइकल आगलागी हुँदा जलेर नष्ट भएको छ ।

आज दिउसो १२ बजेको समयमा अन्नपूर्ण गाउँपालिका–१ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा रहेको नाइस हिल होटलको बायाँ तर्फ पार्किङ गरी राखेको ग १३ प ४७३५ नंम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकलमा अचानक आगोलागी भएको हो ।

आगलागीबाट मोटरसाईकल पूर्ण रुपमा जली क्षती भएको र मानवीय क्षती नभएको प्रहरीले जनाएको घ । घटनालगत्तै प्रहरी टोली खटिई गई स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण लिइएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...