पोखरा उद्योग बाणिज्य महासंघको महासचिवमा आचार्यको उम्मेदारी

हिमाली आवाज । उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिञ्य संघको महासचिवमा व्यवसायी बलराम आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यही भाद्र २४ र २५ गते हुन लागेको महाधिवेसनमा युवा व्यवसायी वलाराम आचार्यले महासिचव पदमा उमेद्वारी दिने घोषणा गर्नुभएको हो ।  आचार्य पोखरा उद्योग वाणिञ्य महासंघको वर्तमान कोषाध्यक्ष पनि हुनुहुन्छ ।

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनु भएका आचार्य २०७१ साल देखि नै उद्योग वाणिञ्य महासंघको कार्य समितिमा आवद्ध हुँदैं अहिले ३४ औं महाधिवेशनमा महासचिव पदको प्रत्यासी उमेद्वार दिनु भएको छ ।

आचार्य लामो समय २७ वर्ष देखि फेन्सि व्यवसायमा निरन्तर लाग्नु भएको सफल व्यवसयीको रुपमा चिनिनु भएको छ । उहाँ फेन्सी तथा रेडिमेड व्यवसायी संघको संस्थापक सदस्य तथा पूर्व सल्लाहाकार, महासचिव, विभिन्न समाजिक संघसंस्थाहरु लायन्स क्लब, परेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष, जन आर्दश सामाजिक विकास समितिको आजिवन सदस्य, नेपाल रेडक्रस सर्कलको आजीवन सदस्य, आचार्य सेवा समाज कौगो नेपालको केन्द्रीय अध्यक्ष लगायत धेरै संघसंस्थाहरु सामाजिक कार्यका लागि अहो रात्र खटिने सालिन सरल स्वभावका व्यक्तित्व आचार्यको उमेद्वारी सकारात्मक सोचका साथ सकारात्मक परिवर्तनका लागि परेको बताउनु भएको छ । भने सम्पूर्ण व्यवसायीहरुलाई यस भन्दा अगाडीको सहयोगहरुलाई उच्च सम्मान गर्दै यस पटक पनि सहयोगको लागि आग्रह गर्नु भएको हो ।

 

Comments
Loading...