हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. ४ वडा कार्यालयले पहिलोपटक वडास्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा वडाभित्रका आमा समूह, स्वास्थ्य स्वयंसेविका र मिसा पुच गरि कूल नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।
जसमा सर्वेश्वर परोपकार नारी समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै, द्वित्तीय स्थान नमूना आमा समूह र तृतीय रामकृष्ण टोल मिसा पुच बन्न सफल भयो ।प्रतियोगितामा प्रथम हुनेले पाँच हजार, द्वित्तीय हुनेले तीन हजार र तृतीय हुनेले दुई हजार नगद पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा लोकदोहोरी गायक घनश्याम रिजाल र गायिका चन्द्रावती पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त अवसरमा पोखरा महानगरपालिकाका विभिन्न वडामा निर्वाचित महिला वडा सदस्यहरुलाई दर खुवाइएको थियो ।

प्रतियोगिताउद्घाटन गर्दै गण्डकी प्रदेशकाभौतिकपूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले तीज संस्कार र संस्कृति संरक्षणमा वडा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समाजमा सकारात्मक सन्देश छर्न महिलाहरु अग्रसर हुन थालेको भन्दै महिलाहरुकै क्रियाशीलताले मात्रै सम्मुनत समाज निर्माण हुने स्पष्ट पार्नुृभयो ।
कार्यक्रममा पोखरा महानगरका प्रवक्ता मोतीराज तिमिल्सिना, महानगरका नेपाली कांग्रेसका संसदीय दलका नेता दिवसमान प्रधानांग, पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य मुना बास्तोला, नेपाली कांग्रेसका वडा सभापति गोविन्द पराजुली, नेकपा एमालेका वडा उपाध्यक्ष मदन मुल्मी, कार्यक्रम संयोजक एवं वडा सदस्य विष्णुमाया परियार लगायतले तीजको महत्वका बारेमा भनाई राख्नुभयो ।
वडाध्यक्ष देवकृष्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव रामबहादुर खत्रीले धन्यवाद ज्ञापन र सञ्चालन सञ्चारकर्मी अनुराग अधिकारीले गर्नुभयो ।