हिमाली आवाज । पहिराले मुग्लिन–नारायणगढ सडकखण्ड सडक अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन पहल भइरहेको अधिकारीले बताउनुभयो ।