पहिराले पोखरा–बागलुङ राजमार्ग अबरुद्ध

हिमाली आवाज । अविरल वर्षापछि आएको पहिरोका कारण पोखरा–बागलुङ राजमार्ग अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बिभिन्न ठाउँमा पहिराको खसेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखराका लागि छुटेका सवारीसाधन बीचबाटोमै थन्किएको बताइन्छ ।

Comments
Loading...