नवौँ राष्ट्रिय खेलकुदमा जिम्न्याष्टिकका खेलाडी छनोट

हिमाली आवाज । गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुदका लागि जिम्न्याष्टिकका खेलाडी छनोट गरिएको छ ।पोखरा रंगशालामा सञ्चालन भएको छनोट प्रतियोगिताबाट प्रदेशको पुरुष तथा महिलाको अन्तिम टोली घोषणा गरिएको हो ।

छनोट हुन सफल खेलाडीहरुमा पुरुषतर्फ रोशन पुन, विशाल पुन, प्रबल गुरुङ, विजय विश्वकर्मा, सरोज थापा र मियोन गुरुङ हुनुहुन्छ । यसैगरी महिलातर्फ सीता कुमारी खड्का , सुभि भासिम, गीता साउद, कृति खत्री, करुण लामा र दूधकला साउद हुनुहुन्छ ।

योगेन्द्र गुरुङ, रविन्द्र तजजिया, सोमबहादुर शाही र विजेन्द्र श्रेष्ठ रहनुभएको निर्णायक मण्डलले खेलाडी छनोट गरेको प्रदेश खेलकुद परिषद्का सदस्य केशव पाठकले जानकारी दिनुभयो ।

छनोट कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छनोट हुन सफल खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राम्रो सफलता हासिल गरेर प्रदेशको नाम उच्च राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य यागेन्द्र गुरुङ,जिल्ला जिम्न्याष्टिक संघका अध्यक्ष राजु कायस्थ, सहसचिव राजु केसी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

Comments
Loading...