हिमाली आवाज । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । श्रीमतिको हत्यापछि आत्महत्याको प्रयास गरेका श्रीमान गम्भीर घाइते भएको छन् ।

घरायसी विवादमा ४६ वर्षीय लोकबहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमलाको आज विहान टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको कास्की प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेपछि आत्महत्याको प्रयास गरेका लोकबहादुरको पेटमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । घाइतेको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।