चुनावमा धाँधली भए प्रतिवाद गर्न अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशन

हिमाली आवाज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले गठबन्धन सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने उल्लेख गर्नुभयो ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित हुनुभएका एमाले नेता भगवती चौधरीको प्रशंग कोट्याउँदै ओलीले चुनावमा धाँधली भए त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताउनुभएको हो ।

यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको ओलीको दावी छ ।

Comments
Loading...