पोखराबाट जोमसोम उडेको समिटको जहाज पुनः पोखरामा आकस्मिक अवतरण

हिमाली आवाज । पोखराबाट मुस्ताङको जोमसोम उडेको समिट एयरको जहाज बीचबाटोबाटै पोखरामा फर्किएर आकस्मिक अवतरण गरेको छ ।

आज विहान ७ बजेट ५९ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोम उडेको जहाज ८ बजेर ६ मिनेट जाँदा पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो ।

हवाईको इन्डिकेटरमा समस्या देखिएको जानकारी पाइलटले कन्ट्रोल टावरलाई जानकारी गराएपछि विमान फर्काइएको हो । विमानमा १८ जना यात्रु रहेका थिए ।

Comments
Loading...