पोखराको केफ माविका विद्यार्थी कक्षा १२ को परीक्षामा जिल्लामै प्रथम

हिमाली आवाज । पोखरा महानगरपालिका – १ सिम्पानीस्थित करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माविका तीन विद्यार्थीले कक्षा १२ को परीक्षामा कास्की जिल्लामै प्रथम हुन सफल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक गरेको परीक्षामा सो विद्यालयबाट २०२ जना विद्यार्थी सहभागी भएकामा व्यवस्थापन संकायतर्फ एक र कानून संकायतर्फ दुई विद्यार्थीले जिल्लामै प्रथम स्थान हासिल गरेको  विद्यालयले जनाएको छ ।

केफका साहिल गुरुङले व्यवस्थापनतर्फ ३.७५ जिपिए प्राप्त गरी कास्की मै प्रथम भएको विद्यालयका कार्यालय निर्देशक मुत्तिराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कानून संकायतर्फ आकृति पराजुली र स्वेच्छा गौतमले ३.६२ जिपिए ल्याएर जिल्लामा पहिलो बन्न सफल हुनुभयो ।

कानूनमै एक विद्यार्थीले कास्कीमै द्वित्तीय स्थान हासिल गरेका छन् । सोही विद्यालयबाट नौ विद्यार्थी ३.६ देखि ३.५ जिपिए, ७६ जना ३.२ देखि ३.६ जिपिए, ८१ जना २.८ देखि ३.२ जिपिए, २५ जना २.३९ देखि २.८ जिपिएसम्म अंक ल्याएर उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

Comments
Loading...