हिमाली आवाज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरुले उम्मेदवार सिफारिस सुरु गरेका छन् ।
सत्तारुढ नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी नेकपा(एमाले), माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् ।
एमाले कास्कीका तीन वटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधि सभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छन् । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो ।
कास्की निर्वाचन क्षेत्र नम्वर १ बाट १५ जना, क्षेत्र नम्वर २ बाट चार जना र क्षेत्र नम्वर ३ बाट नौ जना गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य एवं एमालेका सङगठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा सिफारिस हुनुभएको छ ।
यसैगरी प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस हुनुभएको एमालेले जनाएको छ ।
क्षेत्र नं १ बाट सांसद अधिकारी सहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालिदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पष्पज्योति ढुंगाना, झलक प्रसाद सुवेदी, पुष्पराज अधिकारी, शंकरनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस हुनुभयो ।
क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भटराई सहित प्रभा कोइराला, केशव आचार्य, भुपेन्द्र गिरीको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट विश्वकर्मा सहित देवी सुवेदी, पुण्यप्रसाद पौडेल, गणेशमान गुरुङ, जगन्नाथ वास्तोला, सुरेन्द्रमान सिहं भण्डारी,शिवकुमार पौडेल, विबेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।

