हिमाली आवाज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छेउमा रहेको रिट्ठेपानी डाँडा कटानका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का आह्वान गरेको छ।
७२ लाख रुपैयाँको यो ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिन सक्ने प्राधिकरणले जनाएको छ। डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो साताबाट सुरु हुने प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।

’हामीले टेण्डर आह्वान गरेका छौं। एक महिनाभित्रै एउटा कम्पनी छनोट गर्छौं। त्यसपछिको एक महिनामा काम सुरु हुनेछ,’ उहाँले भन्नुभयो,’त्यसपछि बढीमा एक महिनामा डाँडा कटानको काम सकिनेछ।’ १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाइहाल्ने योजना रहेको बताइन्छ ।
हाल भएको ल्याण्डफिल साइट पुर्नका लागि रिठ्ठेपानी डाँडा कटानबाट निस्किएको ढुंगा–माटो काम लाग्ने प्रवक्ता निरौलाले बताउनुभयो ।