शहीदको स्मृतिमा वाइसियल कास्कीद्धारा खुला रक्तदान आयोजना गर्ने

हिमाली आवाज । जनयुद्धका शहीदद्धय सुरेश वाग्ले(वासु) र भीमसेन पोखरेल(वैरागी)को स्मृति दिवसका अवसरमा वाइसियल कास्की र पोखरा महानगरको संयुक्त पोखरामा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ ।

यही भदौ २३ गते बिहीबार पोखराको पृथ्वीचोकमा शहीदद्धयको २३ औँ स्मृति दिवस पारेर रक्तदान र फलफूलका विरुवा वितरण कार्यक्रम गरिने वाइसियल पोखरा महानगरका अध्यक्ष बलराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

वाइसियलले कार्यक्रममा सहभागी हुन र रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुनेमा आग्रह गरेको छ । शहीदद्धयको स्मृतिमा वाइसियलले पोखरामा हरेक वर्ष रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ । यसअघि कोरोना महामारीका समयमा सप्ताहव्यापी रुपमा कार्यक्रम हँुँदै आएको वाइसियल नेता सुशील लामिछानेले जानकारी दिनुभयो ।

Comments
Loading...