पोखरा, भदौ २१ । पोखराका उद्योगी व्यवसायीलाई निर्वाचनले छपक्कै छोपेको छ । उम्मेद्वारहरु समूह बनाएर निर्वाचनमा होमिएका छन् । मतदाता रिझाउने, आफ्ना एजेण्डा सुनाउने र मत माग्ने अभियानमा उम्मेद्वारलाई चटारो छ ।
मतदाताहरु पनि आफुलाई मन पर्ने उम्मेद्वारको पक्षमा मत माग्न हिडिरहेका छन् । पोखरा १७ का व्यवसायी राजेन्द्रबहादुर थापा पोखरा उद्योग वाणिज्य संघमा युवा नेतृत्व अपरिहार्य रहेको बताउनुहुन्छ । ‘अग्रजलाई सम्मान गर्ने र क्षमतावान युवालाई नेतृत्वमा पु¥याए संघको गरिमा उचो हुन्छ,’ उहाँले भन्नुभयो,‘अबको नेतृत्वमा अर्जुन पोखरेललाई पठाउनुपर्छ । उहाँसँग युवा र अनुभवीहरुको संयोजन छ ।’
व्यवसायीलाई समस्या पर्दा बोलिदिने मान्छे समेत संघमा नभएपछि धेरै उद्योगी व्यवसायीलाई संघ प्रति आकर्षण छैन । पुर्व अध्यक्षहरु समेत संघलाई उतिसारो चासो दिँदैनन् । संघप्रति चासो घटिरहेका बेला युवालाई नेतृत्वमा पठाउन सके विरासत जोगिने उनको तर्क छ । भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेसनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । पोखरेल प्यानल मत माग्न पुग्दा थापा निकै खुशी हुनुभयो। डेभिजफल मेडिकल हल सन्चालन गर्दै आउनुभएका उहाँ पोखरेललाई अनुभवी युवाका रुपमा हेर्नुहुन्छ ।

जेके विल्डर्स पोखरा प्रालिका सञ्चालक जनकप्रसाद काफ्ले पनि कार्य क्षमता, जोश, जाँगर बोकेर हिंडेको टिमले उद्योग वाणिज्य संघमा नयाँ आयाम थप्ने विश्वास राख्नहुन्छ । ‘अर्जुन चुनावी एजेण्डा बोकेर मात्र हिड्दैनन, बोलेका कुरा पूरा गर्छन्,’ उहाँले भन्नुभयो, ‘हामीले जिताउनुपर्ने यही टीमलाई हो ।’ चुनावी घरदैलो निस्केको पोखरेल प्यानल छोरेपाटन, डेभिजफल, बरालफिड, बिरौटा, घारीपाटन, ड्यामसाइड, रत्नचोक, सिर्जनाचोक लगायत ठाउँमा पुगेको थियो । त्यहाँ पुगेको टोलीलाई उद्योगी व्यवसायीहरुले उद्योग वाणिज्य संघको गिर्दो शाखका बारेमा प्रश्न गरेका थिए । ‘सधैं ३ हजार १ सय मात्र सदस्य बनाउने की थप्ने?’ भन्ने उनीहरुको प्रश्न थियो ।
जवाफमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले आफू विजयी भएमा ठूला, मझौला र साना व्यावसायीहरुलाई समेटेर लैजाने बताउनुभयो ।
पोखरेल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार हुनुहुन्छ ।
यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।