हिमाली आवाज । पोखरा उद्योग बाणिज्य संघको ३४ औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदमा भरत केसीले पुनः सदस्य पदमै उम्मेदवारी दिनुभएको छ ।
हालको कार्यसमितिमा पनि सदस्य रहनु भएका उहाँ यही भदौ २४ र २५ गते हुने महाधिवेशनमा अझ बढी अनुभव हासिल गर्दै माथिल्लो पदमा पुग्ने लक्ष्यका साथ सदस्यमा दोहोरिनुभएको हो ।

पोखरामा विजी इलेक्ट्रोनिक्स, विजी ट्रेडिङ हाउस लगायतका आधा दर्जन व्यावसायिक तथा सामाजिक संघ संस्थामा आवद्ध रहनुभएका केसीलाई पुरानो गरीमा बोकेको उद्योग बाणिज्य संघलाई सबै उद्योगी व्यवसायीको साझा घर र संस्थालाई जीवन्त राख्नुपर्ने बताउनुभयो ।
हिमाली आवाजसँग कुरा गर्दै उहाँले कछुवा गतिको संस्थालाई खरायो गतिमा दौडाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“संस्थाको गरीमा र यसको मान सम्मानलाई अझ उँचो बनाउनु आवश्यक छ । संस्थालाई जीवन्त राख्दै सवैलाई अपनत्व दिलाउनुपर्दछ ।”
सदस्यका उम्मेदवार केसीले हाल संघमा तीन हजार १०० मात्र सदस्य रहेको तथा १० औँ हजार उद्योगी व्यवसाी पोखरामा रहेकाले उनीहरुलाई पनि संस्थाको छाताभित्र ल्याउने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।
केसी तनहुँ सम्पर्क समाजको अध्यक्ष समेत हुनुहुन्छ ।