गणेश पहारी
हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं ६ बैदाम लेक साइड नारेश्वरमा नयाँ हारमोनि क्याफे संचालनका आएको छ ।
पोखरा महानगर पालिका वडा नं ६ बैदाम लेक साइड निवासी यूवाँ ब्यवसायी प्रदिप छिन्दालले क्याफे संचालनमा ल्याउनुभयो ।
कफी पारखीहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याएको क्याफेमा नेपालका स्याङ्गजा र पाल्पा जिल्लामा नै उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्स मार्फत कफि मेशिनमा गलाइन्ड गरि आठ प्रकारका कफि तयार पारिने संचालक प्रदिपले जानकारी दिनुभयो ।
बास्तबिक कफिको स्वाद लिन चाहने पारखीहरुको चाहना अनुसार नै कफि तयार पारिन्छ । क्याफेमा ग्राहकहरुलाई मध्यनजर गर्दै स्यानडुइज र बेकरीका आइटमहरुको स्वाद ग्राहकहरुले लिन सक्ने छन ।

कफि पारखीहरुलाई बास्तबिक कफिको स्वाद दिनका लागि आफुले क्याफे संचालनमा ल्याएको बताउनुभयो । बुधबार देखी संचालनमा आएको क्याफेमा करिब पचास लाखको लगानि रहेको कफि सपमा पाँच जनाले रोजगारी पाएका छन् । निकट भविष्यमा लेकसाइडको गौरीघाट, राष्ट्रबेङक चोक, न्युरोड र अमंरसिह चोकमा समेत शाखा विस्तार गर्ने योजना रहेको बताइन्छ ।
कार्यक्रममा नेपाली काँग्रेस पुतली बजार नगर पालिका वडा नं ६ स्याङ्गजा टक्सारका सभापति तथा गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसीले क्याफेको उद्घाटन गर्दै युवाहरु अहिलेको परिवेशमा उत्पादन मुलक काममा लाग्नु पर्ने बताउनुभयो ।
नेपालका अधिकाशं युृवाहरु कामको खोजीमा बिदेश पलाएन भएको अवस्थामा नेपालमा नै बसेर आफ्नै क्षेत्रमा केही गरौ भनेर लाग्ने युवाहरुलाई राष्ट्र र समाजले प्रोसाहन गर्नेु पर्नेमा जोड दिनुभयो । उहाँले राम्रो कामको सुरुवात भनि ब्यवसायीको प्रशंसा गर्नुभयो ।
नेपाल दलित संघ पोखरा महानगर पालिका वडा नं ६ अध्यक्ष सन्दिप दियालीले युवाँहरुको जोश जागर लाई राज्यले चिन्न नसक्दा अधिकाशं युवाँ बिदेश पलाएन हुनु परेको बताउनुभयो । युवाहरुको जोश जागर लाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समवृद्दि तर्फ आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।